८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् ।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका छन् ।

रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ । साथै, यस्ता किराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने, ‘किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।’

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

 

प्रतिक्रिया सबै