नेपालमा एकै दिन १७७ जनामा कोरोना संक्रमण
मङ्लबार, असार २८ २०७९
![](https://skynepalnews.com/wp-content/uploads/2022/06/Coronavirus-Covid-19-768x352.jpg)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।
प्रतिक्रिया
सबै