८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एकैदिन २०६ जनामा कोरोना संक्रमण पुष्टि

 बुधबार, असार २९ २०७९  

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार १७५ वटा नमुना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ९८४ जना होम आइसोलेसनमा र २१ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेका मध्ये १२ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै