१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ । बुधबार साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले बताएको छ । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा हानेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा छापा हानेको हो ।

यस विषयमा काठमाडौं प्रहरीले औपचारिकरुपमा केही बताएको छैन ।

 

प्रतिक्रिया सबै