९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बैंकिङ कसूर मुद्दाका फरार १ प्रतिवादी पक्राउ

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका-६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

 

प्रतिक्रिया सबै