सुनको मुल्य प्रतितोला ३ सयले बढ्यो
बिहिबार, असार ३० २०७९

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
े
प्रतिक्रिया
सबै