११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

महोत्तरीका नदीमा अवैध उत्खनन गर्ने टिपर, जेसीबी र चालक नियन्त्रण

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ।  महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो ।

आजमात्र बर्दिबास- ७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमान चोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्तखनन गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

चालक, टिपर र जेसीबीका धनीलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए ।

प्रतिक्रिया सबै