२३ बैशाख २०८१, आईतवार Sunday 5 May, 2024

जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिएकी छन् ।

उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतका ३० वर्षीया विमला रावत श्रीमती र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।

पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।

 

प्रतिक्रिया सबै