नेपालमा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असार ३२ २०७९

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ९० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर २०५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १०० संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ८२ जना छन् । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा सात संक्रमित थपिएका हुन् ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ५१ कोरोना संक्रमित निको भएको जनाएको छ ।
प्रतिक्रिया
सबै