मौसम : आज देशभरको मौसम सामान्य रहने
आइतवार, साउन १ २०७९

काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ।
हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आगामी २४ घण्टामा देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया
सबै