zoom ap download free download zoom conference zoom download not working zoom download for windows 10 32 bit zoom.com download free download aplikasi zoom meeting laptop zoom exe silent install
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

काठमाडौं महानगरको प्रवक्तामा नवीन मानन्धर नियुक्त्त

 सोमवार, साउन २ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ ।

महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजक समेत हुन् । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो ।

बैठकका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया सबै