९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एटिएम मेशिन फोर्न खोज्ने १ युवक पक्राउ

 सोमवार, साउन २ २०७९  

काठमाडौं । पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया सबै