८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

कोरोनाबाट १ जनाको मृत्यु, ४५७ जनामा संक्रमण

 सोमवार, साउन २ २०७९  

काठमाडौं । नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।

प्रतिक्रिया सबै