८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

किरात एकेडेमी पुरस्कार ‘भोजपुरको वाङ्मय’ र ‘आदिवासी विद्रोहको इतिहास’लाई दिने घोषणा

 सोमवार, साउन २ २०७९  

काठमाडौं । किरात एकेडेमीद्वारा प्रदान गरिने ‘किरात एकेडेमी पुरुस्कार’ ‘भोजपुरको वाङमय’ र ‘आदिवासी विद्रोहको ईतिहास’लाई दिइने भएको छ ।

यसपटक विप्लव ढकालको कृति ‘भोजपुरको वाङ्मय’ र राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’लाई संयुक्त रूपमा दिइने घोषणा गरिएको हो ।

एकेडेमीका अध्यक्ष भूपाल राईका अनुसार यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो । सार्वजनिक सूचीमध्ये दुई वटालाई संयुक्त रूपमा दिइन लागिएको छ ।
पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

किरात एकेडेमी पुरस्कार तेस्रो पटक प्रदान गर्न लागिएको हो । यसअघि पहिलो पटक युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र दोस्रो पटक झलक सुवेदीको अनुसन्धानमूलक पुस्तक ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ ले प्राप्त गरेका थिए ।

प्रतिक्रिया सबै