११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

 सोमवार, साउन २ २०७९  

काठमाडौँ । जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका – १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका हुन् ।

गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै