९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

दार्चुलामा २० वर्षीया युवती मृत फेला

 सोमवार, साउन २ २०७९  

काठमाडौं । महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् ।
मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै