११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

तोलामा २ सयले घट्यो सुनको मुल्य

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार र तेजावी ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य १ हजार १६० रुपैयाँ तोकिको छ । सोमबार चाँदीको मूल्य १ हजार १६५ रुपयाँ थियो ।

प्रतिक्रिया सबै