८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत एक दिवसीय त्रिकोणामक सिरिजका लागि स्कटल्याण्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले आफुले जे सोचेर गएको थियो त्यसमा सफल भने हुन भने नसकेको बताए ।

‘हामीले हाम्रो गल्तीहरूलाई सुधार गर्दै बाँकी १६ खेललाई जित्न जरुरी छ । खेल अघि राम्रो टिमसँग प्रशिक्षण गर्न पाएका थियौँ । बिस्तारै परिवर्तन हुँदै जान्छ’ उनले थपे, ‘युवा खेलाडी छन्, नयाँ कन्डिसन भएको कारण पनि केही गाह्रो भएको हो । सबै च्यालेन्ज पार गर्न सक्यौ भने अर्को लेभलमा जान सक्छौँ ।’ सन्दीपले आफूलाई कप्तानको रुपमा भन्दा पनि खेलाडीको रुपमा आगाडि राख्ने बताए ।

‘टिम हार्नु भनेको म आफै हार्नु हो । टोली राम्रो छ तर हामी हाम्रो क्षमता अनुसार खेल्न सकेका छैनौँ । सबैले आफ्नोतर्फबाट राम्रो खेल्न प्रयास गर्नुपर्छ’ उनले भने । प्रशिक्षक परिवर्तनको विषयमा यस्तो कुरा आउनु स्वभाविक रहेको उनको भनाइ छ ।

आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबिया र स्कटल्याण्डसँग ४ खेल खेलेको थियो । सिरिजका ४ खेलमध्ये ३ खेल जित्ने लक्ष्यमा स्कटल्याण्ड भ्रमणमा गएको नेपाली टोलीले एक खेलमा मात्र जित निकालेको थियो ।

नेपाल नामिबियासँग ६३ र ४० रनले पराजित भएको थियो । स्कटल्याण्डलाई एक खेलमा ५ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो । अर्को खेलमा भने ८ विकेटको फराकिलो हार व्यहोरेको थियो ।

प्रतिक्रिया सबै