९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

१७ घण्टापछि रोकियो ग्याँससहितको बालुवा र फोहोरा

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ ।

नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको जानकारी दिए ।

लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो । उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए । ‘करिब १७ घण्टापछि अहिले फोहोरा आउन बन्द भएको छ,’ मेयर रिसालले भने, ‘अब सरसफाइ गर्ने तयारीमा छौं ।’

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको मेयर रिसालले बताए । आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो ।

 

प्रतिक्रिया सबै