१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गभर्नरको राजीनामा माग्दै विद्यार्थी संगठनको राष्ट्र बैंक अगाडि कालो ब्यानर

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् ।

आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेको हो । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ । यसअघि आइतबार अखिल क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।

गभर्नरलाई बर्खास्त गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आजदेखि चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती संगठनले बर्खास्तीको माग गरेका छन् ।

 

प्रतिक्रिया सबै