११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

काठमाडौँ उपत्यकामा बुधबार २ हजार सवारी चालकमाथि कारबाही

 बिहिबार, साउन ५ २०७९  

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २० जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन् ।

यस्तै, ठिक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् ।

प्रतिक्रिया सबै