८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पोखरीमा डुबेर बाबु छोरीको मृत्यु

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याँउदा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया सबै