९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

भोजपुरमा ‘किरात’ प्रदेश घोषणाको माग गर्दै चक्काजाम

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै एक घण्टा चक्काजाम गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरले किरात प्रदेश घोषणा गर्न माग गर्दै बिहिबार चक्काजाम गरेको हो ।

किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईका अनुसार केन्द्रको कार्यक्रम अनुसार माझ किरातको भोजपुरमा चक्काजाम गरिएको हो । ‘किरात प्रदेश नामाकरणका लागि हाम्रो आन्दोलन जारी छ, हाम्रो माग पुरा नभए सम्म आन्दोलन रोकिने छैन छ’, उनले भनेकी छन् । पहिचान र सभ्यताका आधारमा प्रदेश १ लाई किरात प्रदेश घोषणा गर्नु पर्ने माग उनको भनाई छ ।

यस्तै, चक्काजाम कार्यक्रमलाई सम्बोधन गर्दै किराया जिल्ला सचिव बिदुर राईले यायोक्खाको माग सम्बोधन नभए जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए । आफुहरुको आन्दोलनलाई सामान्य रुपमा लिए त्यस्को महगो मुुल्य चुकाउनु पर्ने समेत सचिव राईले चेतावनी दिए ।

जिल्ला सदरमुकाम स्थित देउराली चौकमा गरिएको चक्काजामका कारण सयौको सख्यामा बस , ट्याक्सी लगायत सवारी साधन बिच बाटोमा रोकिएका थिए । चक्काजाम खुले पछि रोकिएका सवारी साधन आ आफनो गन्तब्य तर्फ छुटेका छ । ट्राफिक प्रहरी जवान बिक्रम राईले भोजपुरमा अहिले विना अवरोध यातायातका साधन चलिरहेको बताए ।

प्रतिक्रिया सबै