११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

माओवादीको माग : एसपीपी खारेजीको पत्र तत्काल पठाउन रुलिङ गरियोस्

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता खारेज गरेको पत्र अमेरिकालाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एसपीपी सम्झौता खारेजी गर्ने भन्ने पत्र तत्काल पठाउनका लागि परराष्ट्र मन्त्रलायलाई रुलिङ गर्न सभामुखसँग माग गरेका हु्न् ।

‘एसपीपी खारेजीसम्बन्धी मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा अहिलेसम्म परराष्ट्र मन्त्रालयले पत्रचार नगरेकोमा र थप छलफल गरेर मात्र अघि बढाउने परराष्ट्र मन्त्रालयले भनेकोमा मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । त्यसैले एसपीपीलाई अस्वीकार गर्ने पत्रलाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न सभामुखसँग माग गर्दछु’, उनले भने ।

प्रतिक्रिया सबै