११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

वर्षायाममा कस्ता खानेकुरा खान उचित हुन्छ ?

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । वर्षायाममा लामखुट्टेबाट सर्ने संक्रमण र अन्य रोगहरूको लागि अनुकूल वातावरण सिर्जना गर्छ । यो मौसममा तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता र शारीरिक क्षमता कम हुन्छ । त्यसैले वर्षायाममा बिरामी पर्न पानीमा भिजिरहनुपर्छ भन्ने जरुरी छैन ।

चिकित्सकहरुका अनुसार वर्षायाममा मानिसको पाचनशक्ति पनि कमजोर हुन्छ । त्यसैले वर्षायाममा आफ्नो खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ ।

हरियो सागसब्जी कम खाने
हरियो सागसब्जी स्वास्थ्यका लागि निकै पौष्टिक र फाइदाजनक मानिन्छ । तर वर्षायाममा सागसब्जी खानु राम्रो हुँदैन । यो मौसमको तापक्रम र आदताको कारण हरियो सागसब्जीमा ब्याक्टेरिया र ढुसी बढ्छ । त्यसैले हरियो तरकारीबाट पेटमा संक्रमण हुने जोखिम हुन्छ । पानी परेको समयमा मेथीको पात, बन्दागोभी, काउलीजस्ता सागसब्जी खानुहुँदैन । यसको सट्टा, करेला, घिरौंलाजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नु राम्रो हुन्छ ।

मासुबाट टाढा रहनु
वर्षायाममा मासुहरु चाँडै बिग्रिन्छ । यो मौसम माछाको प्रजनन समय पनि हो, त्यसैले यो मौसममा माछा खानु राम्रो हुँदैन । कुखुरा, खसीको मासु पनि छिटै बिग्रिने भएकाले वर्षाको समयमा मासु नखानु नै राम्रो हुन्छ । मासु खाने नै भए पनि राम्रोसँग पाकेको ताजा मासु खानुपर्छ ।

तेलमा तारेको खाना
धेरै मानिसलाई पकोडा, समोसाजस्ता तेलमा तारेको खानेकुरा मन पर्छ । वर्षायाममा पाचन प्रणालीले पनि राम्रोसँग काम नगर्ने भएकाले ग्यासको समस्या बढ्ने, एसिडिटी बढ्नेजस्ता पेटको समस्या देखिन सक्छ ।

यसबाहेक यो मौसममा दूषित खाना–पानीबाट हुने जण्डिस, हैजा, झाडापखाला जस्ता रोग पनि लाग्न सक्ने भएकाले पनि विशेष ध्यान दिनुपर्छ ।

सफ्ट ड्रिंक्स नखाने
सफ्ट ड्रिंक्सको कारण वर्षायाममा त्यसै पनि सुस्त चलिरहेको पाचन प्रणाली थप कमजोर बन्न सक्छ । त्यसैले यो मौसममा कागती पानी, जिरापानीजस्ता पेयपदार्थ सेवन गर्नुपर्छ । यसबाहेक अदुवाको चिया जस्ता तातो पेय पदार्थ प्रयोग गर्नुहोस् ।

खुला फलफूल र जुस नखाने
सडक छेउमा पाइने फलफूल लामो समयसम्म राखिएको हुन्छ । त्यस्ता फलफूलमा कीटाणुहरु हुने सम्भावना हुन्छ । यसले स्वास्थ्यमा नोक्सानी पुर्‍याउन सक्छ । त्यस्तै बाहिर पाइने फलफूलको जुस पिउनु उचित हुँदैन किनभने यसले टाइफाइड, बान्ता र पखाला लाग्न सक्छ । घरमै ताजा फलफूलको रस निकालेर तुरुन्तै प्रयोग गर्नु राम्रो विकल्प हो ।

प्रतिक्रिया सबै