८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

 शुक्रबार, साउन ६ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया सबै