९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्डप्रति गोकुलको कटाक्ष : छेपाराले जस्तो रंग नबदलेको भए हुने !

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका छन् ।

प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सत्ताको छिनाझपटी, लाभ, वा घाटाको आधारमा नागरिकता विधेयकबारे निर्णय हुन नहुने बताए ।

उनले भने, ‘यसमा अब फटाफट आउनुपर्ने कुनै सत्ताको छिनाझपटीको लाभ, वा तत्कालको लाभ घाटाको आधारमा होइन नागरिकताको विषय देशको सार्वभौमिकता भनेकै भूगोल, आकाश र त्यसपछि नागरिकमा छ । त्यही कुरामा पनि हामी सरल हुनेरु मौसमपरस्त हुनेरु यति छिटो छेपारोले जस्तो रंग नबदलौँ ।’

नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखे । उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए ।

‘प्रदेशमा पहिचान राख्नुपर्ने भनिएको छ। पञ्जाधिकारीको कार्यालय कहाँ रहन्छरु प्रदेशमा रहन्छ र व्यक्ति व्यक्तिको ? केही तथ्यांकको कुरा। मुल कुरामा ध्यान छैन नचाहिएको कुरामा किन जानुपर्यो’, उनले भने ।

नेपालको संसदमा अचम्म देखिन थालेको टिप्पणी गर्दै उनले भने, ‘यो सक्नेले गर्जेजस्तो नगरौँ है, हामी अचम्म अचम्म देख्दैछौँ,’ उनले भने, ‘अस्ति पनि रुसले सबै युक्रेनीलाई नागरिकता दिन्छौं भन्थ्यो। यो सक्नेले गर्ने कुरा हो। यस्तो खालको हुन्छ त ?’

प्रतिक्रिया सबै