१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एसिया कप युएईमा हुने

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भएको छ ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले एसिया कप युएईमा हुने जानकारी दिएका हुन् । ‘एसिया कप युएईमा हुनेछ । यो एक मात्र ठाउँ हो, जहाँ वर्षा हुँदैन,’ गांगुलीले मुम्बईमा बोर्डको शीर्ष परिषद् बैठकपछि भने ।

श्रीलंका क्रिकेट (एसएलसी) ले बुधबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)लाई देशमा आर्थिक र राजनीतिक संकटका कारण प्रतियोगिता आयोजना गर्न नसक्ने जानकारी दिएको थियो ।

एसएलसीले हालै जारी संकटका कारण श्रीलंका प्रिमियर लिग (एलपीएल) को तेस्रो संस्करण स्थगित गरेको थियो । एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तय भएको छ । यो टी-२० ढाँचामा खेलाइने छ । एसिया कपमा आयोजक युएईसँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

प्रतिक्रिया सबै