८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

संसद्‌मा शेरबहादुर तामाङको प्रश्न- आमाको पवित्रतामा किन प्रश्न ?

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा कतिपय विषय छुटेको बताए ।

शुक्रबार संसद बैठकमा बोल्दै संविधानको मर्म र भावना समट्ने गरी विधेयक नआएको उनले बताए । ब्रिटिस गोर्खामा गएका र उनीहरुका सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्ने प्रावधान हुनुपर्ने उनको भनाई छ ।

आमाको नामबाट सजिलै नागरिकता प्राप्त गर्ने प्रावधान ल्याउनु पर्ने उनले धारणा राखे । ‘हामी सबै आमाका सन्तान हौँ, आमाको पवित्रतामा किन प्रश्न उठाउने, आमाले यो मेरो सन्तान हो भनेपछि सकियो । आमा त सत्य हो भने बुवा विश्वास मात्रै हो, त्यसैले बुवाको खोजी किन गर्दै छौँ ?’, उनले प्रश्न गरे ।

संविधानले समानताको हक कायम गरिसकेको र आमाको नामबाट नागरिकता प्राप्त गर्ने बाटो दिइसकेकाले त्यसमा बुवाको खोजी गरिराख्नु नपर्ने उनले बताए ।

उनले नेपाली नागरिकले बिहे गरेर ल्याउने विदेशी महिला वा पुरुष दुबैले समान रुपबाट वैवाहिक नागरिकता प्राप्त गर्ने प्रावधान ल्याउने बताए ।

प्रतिक्रिया सबै