१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आइसोलेसनमा रहेका छन् ।

 

प्रतिक्रिया सबै