९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

स्वास्थ्य बीमा कार्यक्रमको समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याविनेटमा प्रतिप्रस्ताव लगेर भएपनि सो बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बजेट वक्तव्यमा आएको सो सम्बन्धि व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीका अनुसार समितिले सेवाग्राहीलाई सहज ढंगले सो बीमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले उनले स्वास्थ्य बीमा कार्यक्रम रोकेर सरकारले गम्भिर गल्ती गरेको आरोप लगाए । आफूले नसके मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाई गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया सबै