९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कविता : मेरो देश

 शनिबार, साउन ७ २०७९  

लाग्थ्यो मलाई मेरो देश
स्वर्ग भन्दा पनि उज्यालो ।
तर गाँऊ बेँसी छन् यहाँ
आज किन अध्यारो ।।

डाँडा पाखा पशु पंन्छी
सबै रोई रहेछ ।
गाँउघरका युवाहरु विदेश
पलायन भई रहेछ ।।

मुठी रोपे मुरी फल्ने
खेतबारी सबै बाँझो छ ।
एउटा लाश उठाउन यहाँ
मलामीको खाँचो छ ।।

लाग्थ्यो मलाई मेरो देश ‘‘

नेपाल आमाको धड्कन
बन्द हुने अवस्थामा छ ।
रक्त संचार को रिमोट
बिदेशीको हातमा छ ।।

स्वार्थी मन मस्तिष्कको याहाँ
ठुलो जमात छ ।
अचेत अवास्थको आमालाई
बाँडीचुँडी भागबंडा लगाँउछ ।

लाग्थ्यो मलाई मेरो देश ।।

आफ्नै सन्तानबाट आमाको
अस्मिता हरण हुँदैछ ।
बचाऊ बचाऊ भन्दै आमा
चिच्याई चिच्याई रुँदैछ ।।

नेपाल आमाको आँसुले
बाडी पहिरो बड्दै छ ।
दक्षिण बाट छिमेकी
आमाको काखमा चड्दै छ ।।

लाग्थ्यो मलाई मेरो देश ।।

बुद्धि जिबिहरु यहाँ
भाषा धर्म र जातमा लड्दै छ ।
बहुमुल्य खाँनिहरु सब यहाँ
माटो भित्रै सड्दै छ ।।

धनाद्धेहरु सब यहाँ
सानिमा रोजी उड्दै छ ।
मातृभूमि नेपाल आमालाई
कंगाल बनाई छोड्दै छ ।।

थियौं हामी एकै परिवार
हिमाल पहाड अनि तराई ।
तर छन् सबै यहाँ
आज किन बैरी पराई ।।

लाग्थ्यो मलाई मेरो देश !

 

रचना- ज्ञान बहादुर लामा ‘दोङ्ग’

प्रतिक्रिया सबै