१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एक्लो आमा !

 शनिबार, साउन ७ २०७९  

कविता- ‘एक्लो आमा’

छोराछोरीको भोक प्यास रोधन
आफ्नतीको घृणा
समाजको तिरस्कार
पुरुषको नजरको यौन प्यास

त्यो समाजको एक्लो उभिएको
एउटि आमा
अनि मन भित्रको चिच्याहाट
भो अब सक्दिन यो सन्सारको
हेला अपहेलना सहन
गर्छु आत्मादह
त्यागी दिन्छु यो चोला
म कायर होइन
म कायर होइन तर,
म सहन सक्दिन अब यो पिडा

मनभित्र अर्को चिच्याहाट
यो सन्सारमा के त मात्र छ्स एक्लो
को चाही जन्मिदा श्रीमानसंग जन्मिन्छ
को चाही मर्दा श्रीमानसंग मर्छ
यो सन्सारमा हामी सबै एक्लै हौ
आफ्नो लागी आफैं बाच्नु पर्दछ
जिवनमा पिडा सहेर बाच्न नसक्नु
त कायर होस्
त कायर होस्

जिवन अमुल्य छ
एस्लाइ जिउन सिक्नु नै एउटा कला हो
जस्ले जिवनमा पिडा पिएर बाच्न जानेको हुन्छ
उस्ले जिवनको अमुल्य अ्मृतपान गरेको हुनेछ ।।

लेखक : शमी थापा ‘सर्मिला’

प्रतिक्रिया सबै