१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

प्रतिक्रियावादीले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाए : ओली

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीले एमाले पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको उल्लेख गरे ।

मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको उनले बताए । मजदुर वर्गपक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन गराइएको उनको भनाई छ ।

मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटक–पटक दोहोर्‍याए । आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिबद्ध रहेको पनि उनले बताए ।

प्रतिक्रिया सबै