९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अभियान लघुवित्तले साउन १८ देखि आईपीओ निष्कासन गर्ने

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ ।

कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्त आर्थिक वर्ष २०७७/०७८ बाट नै सञ्चित नाफामा सञ्चालन भइरहेको छ । हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया सबै