८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

लक्ष्मी बैंकको नाफा १ अर्ब ६० करोड

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब ६० करोड ३५ लाख भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले आफ्नो खुद नाफा १ दशमलव ७६ प्रतिशतले बढाएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो । बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी १८ दशमलव २७ प्रतिशत बढेको छ । यसअनुसार ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ ब्याज आम्दानी देखिएको हो ।

गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २ दशमलव १७ प्रतिशतले बढाएर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ ।त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८ दशमलव १७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।

वितरणयोग्य मुनाफा २५ दशमलव ०६ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ पुग्दा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ११ दशमलव १६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख ५ हजार रुपैयाँ रहेको देखिएको छ ।

निक्षेप संकलन गत आर्थिक वर्षमा१ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख गरेको छ । कर्जा १ खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ प्रवाह गरेको देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसा रहेको देखिएको हो ।

प्रतिक्रिया सबै