९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

ट्याटुले ‘ब्ल्याक एलियन’ जस्तो देखिएपछि एन्थोनी तनावमा !

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । एक व्यक्तिले आफ्नो शरीरभरि ट्याटु खोपे । शरीरभरि ट्याटु खोपेका उनले अहिले रोजगारी पनि पाउन सकेका छैनन् ।

यी व्यक्तिको नाम एन्थोनी लोफ्रेडो हो । उनले आफ्नो जीउभरि ट्याटु खोपेका छन् । यहाँसम्मकी उनको आँखामा पनि ट्याटु छ ।

त्यसैले मानिसहरु उनलाई ‘ब्ल्याक एलियन’को नामले चिन्छन् । उनले आफ्नो शरीरको केही भाग काटेका छन् । उनले नाकको केही भाग काटेका छन् भने दुवै कान पनि काटेका छन् । त्यस्तै हातको औंला पनि कटाएका छन् । पहिले शोख पूरा गर्न नाक र ओठ कटाए, अहिले फेरि हातका दुई औंलापनि काटेका छन् ।

अहिले भने उनले आफ्नो शरीरभर ट्याटु भएकै कारण रोजगारी नपाएको गुनासो गरेका छन् । उनले आफूप्रति मानिसहरुले नकारात्मक सोच राखेको र मानिसहरुले आफ्नो कुरा नबुझेको गुनासो पनि गरेका छन् । उनले आफू मानिस नै भएकाले सबैलाई आफूजस्तै सोच्न पनि आग्रह गरेका छन् । मानिसहरुले उनलाई देख्नेबित्तिकै नराम्रो सोच्ने र भाग्ने गरेको गुनासो गरेका छन् ।

‘म बच्चा र वृद्ध मानिसहरुलाई देख्ने बित्तिकै उनीहरुभन्दा टाढा जाने गरेको छु ताकि उनीहरु मलाई देखेर नडराउन् । म पनि एक मानव हुँ र काम पनि गर्न चाहन्छु । मेरो पनि परिवार छ’, उनले भनेका छन् । उनले आफ्नो पीडा सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् ।

प्रतिक्रिया सबै