११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

कार्टिङ प्रतिस्पर्धामा कोर्निभा विजयी

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा फर्मुला वान इन स्कूल्स कार्यक्रमअन्तर्गत स्कुल्स टु ट्राक कार्टिङ प्रतिस्पर्धा सम्पन्न भएको छ ।

शनिबार अबेर हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छन् ।

बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले चौबीस दशमलव दुई तीन सेकेन्डमा ल्याप पूरा गरिन् । दोस्रो स्थान हासील गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेस्रो भइन् । विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनीयरिङ्ग कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागीता रहेको फर्मुला वान इन स्कूल्स नेपालका कोर्डिनेटर सुयोग खनालले बताए ।

प्रतियोगिताको सुरुवातमा एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सीताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया सबै