९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बलात्कारपछि हत्या अभियोगमा नाबालकसहित तीन अभियुक्त पक्राउ

 सोमवार, साउन ९ २०७९  

काठमाडौँ । चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन्।

पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्।

बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। वीरगञ्ज महानगरपालिकास्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी थिइन्।

अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया सबै