iu zoom download www.zoom.us.download pc install zoom for all users - install zoom for all users free zoom app download for pc download zoom room software zoom events download zoom meeting download registration list zoom meeting download for laptop windows 10 - zoom meeting download for laptop windows 10
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

४ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ३ जना पक्राउ

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । पर्सामा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा बालिकाको शव फेला पारेको थियो ।

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरेको खुल्न आएको हो ।

घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो । उनीहरुमाथि जबरजस्ती करणी तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया सबै