९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एसईईको नतिजा बिहीबारसम्म निकाल्ने तयारी

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबारसम्ममा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जनाएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए ।

नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र पनिकाको वेभसाइटमार्फत् हेर्न सकिनेछ ।

वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया सबै