८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १ जनाको कोरोनाको संक्रमणका कारण मृत्यु भएको छ ।

नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

प्रतिक्रिया सबै