प्रचण्ड र वामदेवबीच भेटवार्ता
सोमवार, साउन ९ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच सोमबार बेलुका ५ बजेतिर भेटघाट भएको हो ।
दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको छ ।
प्रतिक्रिया
सबै