९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

भदौबाट प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ ।

सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।

प्रतिक्रिया सबै