९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्ड किन जाँदैछन् जापान ?

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।

उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए ।

उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन २५ मा नेपाल फर्कने बताइएको छ ।

 

 

 

प्रतिक्रिया सबै