९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

साफ यू–२० च्याम्पियनसिप : भोलि नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

 मङ्लबार, साउन १० २०७९  

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली युवा टोली भोलि लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० गोलको जित निकालेको थियो ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताए । केसीले श्रीलंकासँग आत्मविश्वासका साथ जितका लागि खेल्ने पनि बताए । आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ ।

प्रतिक्रिया सबै