८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

खप्तड लघुवित्त र इष्टर्न हाइड्रोले पाए आईपीओ निष्कासन गर्ने अनुमति

 बुधबार, साउन ११ २०७९  

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम, एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया सबै