११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

थाल ठटाएर महंगीविरुद्ध प्रदर्शन

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध काठमाडौंमा आज विरोध प्रदर्शन गरेको छ ।

महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन् ।

उक्त संगठनले महँगी बढेकोले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको जनाएको छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया सबै