२३ बैशाख २०८१, आईतवार Sunday 5 May, 2024

कोरोनाबाट थप १ जनाको मृत्यु, देशभर ५६४ जनामा संक्रमण पुष्टि

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया सबै