२६ बैशाख २०८१, बुधबार Wednesday 8 May, 2024

सरकारलाई संसदीय समितिको प्रश्न- एसपीपीमा सहभागी नहुने पत्र किन नपठाएको ?

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । संसदीय समितिले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाममा सहभागि नहुने भन्दै पत्राचार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोबारे सरकारसँग कारण माग गर्ने भएको छ ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकालाई हालसम्म पत्राचार नगर्नुको कारण माग गर्ने निर्णय गरेको हो । यस्तै, समितिले रक्षा मन्त्रालयमार्फत एसपीपीका सम्बन्धमा पत्राचार भएका सबै दस्तावेज माग गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा भइरहेको ढिलाईबारे सरकारसँग कारण माग गर्ने समितिले निर्णय गरेको हो । रक्षा मन्त्रालयले एसपीपीको विषयमा अहिलेसम्म गरेका पत्राचार र आदानप्रदान भएका दस्तावेज माग्ने समितिको निर्णय गरेको सभापति नरौलाले बताईन् ।

समितिको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्राचारमा भइरहेको ढिलाईबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए । यस्तै, एमाले नेता भीम रावलले यस विषयका दस्तावेज समितिले अध्ययन गर्नुपर्ने धारणा राखे ।

असार ६ मा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागि नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को यस निर्णय हालसम्म पनि कार्यान्वयन भएको छैन ।

निर्णय कार्यान्वयनमा भइरहेको ढिलासुस्तीप्रति संसदमा समेत बारम्बार प्रश्न उठिसकेको छ । यस विषयको प्रगतिबारे सदनमा जानकारी दिन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले समेत रुलिङ गरेका थिए ।

प्रतिक्रिया सबै